रुपन्देही । नेकपा (माओवादी) केन्द्रको ट्याग लगाएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख हुने अवसर पाएका नेपाल प्रहरीका एसपी भरतबहादुर विकले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आडमा आईजीपी बसन्तबहादुर कुवँरको निर्देशन टेर्न छाडेका छन् ।
तराईका जिल्ला चलाएको खासै अनुभव नभएका अधिकृतलाई संगठनले एकैपटक रुपन्देही जस्तो संवेदनशील जिल्लाको कमाण्ड सुम्पिँदा प्रहरी संगठन उल्टै बदनाम हुन पुगेको छ ।
जिल्लामा बम विष्फोटन, फिरौती माग, हत्या, हिंसा, बलात्कार, चोरी, लुटपाट, डकैतीजस्ता अपराध बढ्दै गए पनि एसपी विकले जिल्ला समहाल्न सकेका छैनन् । जसको प्रत्यक्ष असर रुपन्देहीका सर्वसाधारण र संगठनलाई परिरहेको छ ।
जिल्लामा अपराधिक गतिबिधि बढ्दो रहेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र प्रहरी तस्करसगँको असुलीमा व्यस्त रहेको लगायत विषयका कारण एसपी विकको कार्यसम्पादन कमजोर देखिदाँ आइजीपी कुवँर सन्तुष्ट छैनन् । जसका कारण एसपी विकले आईजीको पटक पटक ‘गाली’ खाइसकेका छन् । तर, आफूमाथि गृहमन्त्री नारायाणकाजी श्रेष्ठको आशीर्वाद रहेको भन्दै एसपी विकले आईजीपी कुवँरलाई टेरपुच्छर लगाएका छैनन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठका मान्छेलाई दाम बुझाएर आएकाले जिल्लामा अपराधिक गतिबिधि बढे पनि एसपी र एसपीले खटाएका घुमुवालाई गृहमन्त्री तथा आईजीपीले केही गर्न नसकेको भन्ने स्थानीयस्तरमा व्यापक चर्चा छ । जसको उदाहरण एसपी उपर एक्सन नहुनु र एसपीले खटाएको घुमुवा असई पवन जीसीको सरुवा नवलपरासी जर्गाहमा भइसके पनि उनलाई दरबन्दीमा नपठाउनु हो । गृहमन्त्रीको नाम बेचेर जिल्लामा एसपीको मनपरीमा गृहमन्त्रालय र आईजीपी दुवै मौन रहँदा स्थानीयस्तरमा भइरहेको चर्चामा बल पुगेको छ ।
आईजीपीका साथसाथै एसपी विकले लुम्बिनी प्रदेशका डिआईजी उमेशराज जोशीको पनि पटक पटक ‘गाली’ खाइसकेको छन् । क्यासिनोमा नेपालीले जुवा खेलिरहेको सूचनामा डिआईजीले छापा मार्न निर्देशन दिदाँ समेत एसपीले छापा नमारेपछि डिआईजीले कारबाहीको चेतावनी दिनुपरेको थियो । एसपीको कार्यसम्पादनबाट डिआईजी पनि सन्तुष्ट छैनन् ।
माओवादी च्यानलबाट जिल्लामा आएपनि उनले पार्टीलाई पनि ‘साइड’ लगाएर पार्टीका दुई नेता पूर्व राज्यमन्त्रीद्वय घनश्याम यादव र हकिकुल्लाह खाँको मात्र ‘जस्तोसुकै’ काम गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा उनीहरुकै हप्कीदप्की चलिरहेको छ । यी नेताको एक फोन कलको भरमा एसपी विकले विना सवालजवाफ पक्राउ गरेका आरोपीहरुलाई ‘हस छाड्दिन्छु हजुर’ भन्दै छाड्ने गरेको स्रोत बताउँछ । जसका कारण जिल्लामा गृहमन्त्री र प्रहरी संगठन दुवै व्यापक बदनामी भइरहेको छ ।
उनीहरुको मात्र नभई नेता यादवका परिवारका सदस्यले समेत एसपी विकको आडमा प्रहरी कर्मचारीहरुलाई थर्काएर काम गराउने गरेको पीडित प्रहरीको गुनासो छ । तर, आईजीपी कुवँरले आफ्नै परिवारकै सदस्यलाई बाहिरी मान्छेले थर्काएर ‘नजायज’ काम गराउने गरे पनि एसपीकै कारण हप्कीदप्की सहेर बसेका पीडित प्रहरीहरुको हकमा पनि केही गर्न सकेका छैनन् ।
राज्यमन्त्रीद्वयले गृहमन्त्री नारायणकाजी श्रेष्ठका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत नाम बेच्दै आफ्नो पार्टी सरकारमा छ, तपाईलाई कसैले केही गर्न सक्दैन, हामीहरु छौँ, मनमा लागेको कुरा ढुक्कले गर्नुस् भन्दै ढाडस दिने गरेको स्रोतको भनाइ छ । जसका कारण एसपी विकले आइजीलाई टेर्न छाडेका छन् । गृहमन्त्रीको आडमा एसपीले आईजीपीलाई टेरपुच्छर नलगाएपछि मातहतका प्रहरीको मनोबल पनि खस्किदै गएको छ ।
आइजीपी कुँवरले एक संचारमाध्यमसगँको कुराकानीमा केही ‘धमिरा’ प्रवृत्तिका प्रहरीका कारण सिंगो संगठनको गरिमामा आँचआउने अवस्था देखिएको भन्दै त्यस्ता ‘धमिरा’ हरुलाई छानीछानी फाल्ने बताएका छन् ।
आईजीपी कुवँर संगठनलाई बलियो बनाउनेतर्फ लागेका छन् । तर, उनकै संगठनभित्र छ्याप्छ्याप्ती ‘धमिरा’हरु रहे पनि उनले हालसम्म केही गरेको देखिएको छैन । संचारमाध्यममार्फत् उनले दिएको अभिव्यक्ति स्टन्टको लागिमात्र हो कि वास्तवमा केही परिवर्तन हुने त्यो भने हेर्न बाँकी छ ।
स्रोतका अनुसार काजमा रहेका प्रहरीहरुलाई दरबन्दीमा पठाउन आइजीपीले पटक पटक देशैभरका प्रमुखलाई निर्देशन दिए पनि एसपी विकलेआईजीको निर्देशनलाई अटेर गर्दै सरुवा भइसकेका बदनाम घुमुवा असई पवन जीसीलाई समेत काखी च्याप्दै असुली गर्न लगाएका छन् ।
आईजीपीको भनाइलाई सापटी लिएर भन्ने हो भने दररेट नै तोकेर असुली गरिरहेका घुमुवा असई जिसी, इप्रका धकधईका प्रमुख सई लक्ष्मण डाँगी जस्ता सीमा क्षेत्रका चौकी प्रमुखहरु व्यापक तस्करी गराएर संगठनका ‘धमिरा’ बनेका छन् ।
गोप्य रुपमा सूचना संकलन गरी अपराध नियन्त्रणमा मद्दत पुग्ने उद्देश्यले देशका विभिन्न जिल्लामा घुमुवा खटाइन्छ । जिल्लामा प्रमुखले आफू अनुकूल गोप्यरुपमा सूचना संकलनको समान्य जानकारी पनि नभएका प्रहीलाई पनि जिल्लामा घुमुवाको रुपमा खटाउने गरेका छन् । यस्तै अवस्था रुपन्देहीमा छ ।
सूचना संकलनका लागि घुमुवाहरु खटाइएको भनिए पनि उनीहरुसगँ खासै सूचना भने हुँदैन । जिल्लामा बम विष्फोट, फिरौती माग, हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, लुटपाट, हातहतियार, नक्कली नोट ओसारपसार जस्ता घटनाहरु हुने गरे पनि घुमुवाहरुसगँ अपराध नियन्त्रणका लागि कुनै पूर्वसुचना नराख्ने गरेको देखिएको छ । जसकारण अपराधीहरुले सहजै अपराध गर्ने गरेका छन् र जिल्लामा अपराधले प्रश्रय पाएको छ ।
स्रोतका अनुसार नागरिकमैत्री काम नगर्ने, तस्कर, क्यासिनो लगायतबाट दररेट तोकेरै जिल्ला प्रहरी कार्यालय रुपन्देही काकाजमा रहेका घुमुवा इन्चार्ज असई पवन जी.सी., सहायक हवल्दार निवास क्षेत्री, तुलसी यादवलगायत असुलीमा केन्द्रित छन् । यसबाहेक पूर्व घुमुवा अनिल रायमाझीको तस्करसगँको साँठगाठ यथावत रहेकाले उनले अहिले पनि आफ्नो छुट्टै असुली जारी राखेका छन् । घुमुवा इन्चार्ज जीसीले तस्करीको सामान अनुसार ५ हजारदेखि लिएर १ लाख रुपैयाँसम्म उठाइरहेको स्रोतको दावी छ । चाडपर्व रहेकाले नेपालमा मागपूर्ति गर्नका लागि तस्करी व्यापक भइरहेको छ ।
बिहीवार नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सूचना जारी गर्दै तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव भएको जनगुनासोबीच सम्पूर्ण प्रहरी इकाईहरुलाई सक्रिय परिचालन गरिएको बताउँदै बजारमा चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना उपलब्ध गराउन आग्रह गरेको छ । अन्य जिल्लाका प्रहरीहरुले टनका टन चिनी बरामद गरिरहँदा रुपन्देहीका प्रहरीहरु चिनी तस्करी गराउनमा व्यस्त रहेका छन् । खुलेआम चिनी तस्करी भएर जम्मा भइरहे पनि प्रहरीले ठूला गोदामहरुमा छापा मार्न नचाहेको देखिएको छ ।
भैरहवाका एक स्थानीय बासिन्दाले भने–‘प्रहरी आफैंले एकातिर सूचना दिएर सहयोग गर्न अनुरोध गरेको छ’ एक स्थानीयले भने, ‘अर्कातिर प्रहरी आफै तस्करसगँको सेटिङमा सीमाबाट दैनिक टनका टन चिनी तस्करी गराएर भैरहवाको गल्लामण्डीबजारको विभिन्न गोदाममा जम्मा गराइराखेको छ, हामीले सबैले खुला रुपमा देखिरहेका छौँ । तर, रुपन्देहीका एसपी, चौकीप्रमुखहरु र उनका घुमुवाहरुलाई त्यो देखिएकै छैन, अचम्म लाग्छ ।’
उनले थपे– ‘घुमुवा प्रहरी र सीमा क्षेत्रका प्रहरी चौकीहरुले दिनरात खुलेआम विभिन्न सामग्री तस्करी गराइरहेका छन्, जुन हामी सबैलाई देखिएको छ तर प्रहरीलाई रकम असुलीका कारण नदेखिनु स्वाभाविक हो ।’
रुपन्देहीको मेउडिहवा, विमानस्थल पछाडिको क्षेत्र, मनैहिवा, दुर्गौलिया, कालिदह, बगाहा, बगौली, ठर्की, त्रिलोकपुर, बुचिबरवा, कदमहवा, पजरकट्टी, मर्चवार, लुम्बिनी, धकधई लगायत सीमानाकाहरुबाट खुलेआम कपडा, मोबाइल, हार्डवेयर, चिनी, मोटरपार्टस्, मदिरा, खाद्यान्नलगायतका सामग्री प्रहरी सेटिङमा खुलेआम तस्करी भइरहेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend