Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु


    सोमबार, कार्तिक २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । तनहुँमा चलिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    तनहुँ भिमाद नगरपालिका वडा नं. ६ जनज्योती स्कुलतर्फबाट बसपार्कतर्फ जाँदै गरेको ग १ त ४४४६ नं.को ट्याक्टरबाट सोमबार बिहान खसेर ३३ वर्षीय मीनबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका सार्कीलाई उपचारको लागी बिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा लगिएको डाक्टरले मृत घोषणा गरेको तनहुँका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

    ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार