Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोट भूकम्पका मृतक १५७ मध्ये ७८ बालबालिका


    सोमबार, कार्तिक २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका मध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकानुसार कात्तिक १७ गते राति गएको भूकम्पमा परी मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका छन् ।

    उक्त भूकम्पमा परी जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

    उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झन्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ रहेका रोकाले बताए ।

    भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।

    उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएका मध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।”

    भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार