Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्वरो आएका विरामीको मृत्यु, स्वाब परीक्षण हुँदै 


    शुक्रबार, चैत्र २१ २०७६
    760
    Shares
  • २ मिनेट पाठ
  • चितवन ।  चितवनस्थित भरतपुर अस्पतालमा ज्वरो आएर उपचार रहेकी एक विरामीको मृत्यु भएको छ।  आज शुक्रबार विहान सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया उषाकुमारी राईको  मृत्यु भएको हो।

     उनी विरामी भएपछि उपचारका लागि हेटौंडा अस्पताल पुगेकी थिइन । उनलाई त्यहाँबाट रिफर गरिएको थियो। मृतकको स्वाब परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ । 

     बिहीबार राति राईलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएकी राईको विहान २ बजे मृत्यु भएको भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीले जानकारी दिएका छन ।  

    मृत्यु भएकी युवतीको स्वाव परीक्षण गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए। स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइने र नतिजा नआएसम्म शव सुरक्षित राखिने उनले बताए। 

    उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने अधिकारीले जानकारी दिए। युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनको भनाइ छ।

    कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार