Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटमा फेरि भूकम्पको धक्का


    शनिबार, कार्तिक १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जाजरकोटमा फेरि भूकम्प गएको छ । उक्त भूकम्पको धक्का चार म्याग्निच्युडमाथिको मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    आज दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार यो धक्का शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको परकम्प हो । सो भूकम्पछि हालसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार