Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • लागूऔषधसहित उदयपुरबाट २ जना पक्राउ


    बिहिबार, कार्तिक १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • उदयपुर। उदयपुरको बेलका नगरपालिका-१, आम्बासीमा शरीरभित्र फ्रिज गरी लागूऔषध ल्याउँदै गरेको अवस्थामा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौडण्डीगढी नगरपालिका-४ का ३० वर्षीय सुमन तामाङ र सोही ठाउँका ३० वर्षीय मुकेश राई रहेका छन्।

    अस्थायी प्रहरी बिट आम्बासिबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई खानतलासी गर्दा उनीहरूको साथबाट लेबल बिनाको ३ एम्पुल र लेबल बिनाको ५ एम्पुल गरी ८ एम्पुल प्रतिबन्धित लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए।

    शरीरभित्र फ्रिज गरिएको लागूऔषध प्रहरीले एक्सरेको सहायताले परीक्षण गरी निकालेको उनले बताए। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार