काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदको लागि आज (बुधबार) भारतको नयाँदिल्लीमा भएको निर्वाचनमा बंगलादेशले बाजी मरेको छ भने नेपाल पराजित भएको छ । नेपाली उमेदवार डा. शम्भुप्रसाद आचार्य बंगलादेशकी उमेदवार साइमा वाजेदसँग पराजित भएका हुन् ।
आजको उक्त निर्वाचन परिणामसँगै बंगलादेशकी साइमा वाजेद दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको अर्को क्षेत्रीय निर्देशकको रूपमा मनोनीत भएकी छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रको लागि डब्लूएचओ क्षेत्रीय समितिको ७६औँ सत्रको बन्द बैठकमा सदस्य राष्ट्रहरूले वाजेदको पक्षमा मतदान गरेका हुन् ।
बुधबार नयाँदिल्लीमा भएको मतदानमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेले भाग लिएका थिए । म्यानमार मतदानमा सहभागी भएन ।
साइमाले आठ मत पाएकी थिइन् भने आचार्यले दुई मत मात्र पाएका थिए । नेपालका आचार्य जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन् । बंगलादेशकी वाजेद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा ११ देश सदस्य रहेका छन् । नेपाल, श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार सदस्य हुन् ।
नवनियुक्त क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ बाट पदभार ग्रहण गर्ने डब्लूएचओले जनाएको छ ।
यसअघि, नेपालले डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा तीनपटक उमेदवारी दिएको थियो । तीनैपटक हार व्यहोर्नु परेको थियो । डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा आजको पराजय नेपालको चौथो पराजय हो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend