Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँको गोठाटारमा गोली चल्यो


    बुधबार, कार्तिक १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गोठाटारमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समात्न भन्दै प्रहरीले गोली चलाएको स्रोतले जनायो।

    लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने, ‘करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।’

    उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार