Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सामाखुशीबाट ८ जुवाडे प्रहरीको नियन्त्रणमा


    मंगलबार, कार्तिक १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं–२६, सामाखुशी टाउन प्लानिङबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

    स्थानीय अप्सरा मल्लको घरको माथिल्लो तलामा जुवा तास खेलाइरहेको सूचनाको आधारमा महाराजगञ्जका डीएसपी अमरबहादुर थापाको नेतृत्वमा गएको टोलीले जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    पक्राउ पर्नेमा म्यादीका ५६ वर्षीया यमकुमारी पुन, धादिङका २८ वर्षीय राज घले, ३५ वर्षीय ढलबहादुर घले, लम्जुङका ३० वर्षीय मिलन घर्ती मगर, सामाखुशीकी ३४ वर्षीया सबिना खड्का, गोरखाका ३७ वर्षीय सोमप्रसाद गुरुङ, काठमाडौंका ४२ वर्षीय रुपचन्द्र श्रेष्ठ र ४० वर्षीया राजु हिराचन छन् ।

    उनीहरुको साथबाट एक लाख ९९ हजार रुपैयाँ नगद र ३ बुक तास बरामद भएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार