Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतारबाट काठमाडौं आएका ५ जना सुनसहित पक्राउ


    सोमबार, कार्तिक १३ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कतारबाट काठमाडौं आएका ५ जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट पाँच जनालाई आइतबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

    भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारी इसार केबट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाका ३० वर्षीय अनिष थापा पक्राउ परेका हुन्।

    कतारको उडानबाट काठमाडौं आइपुगेका उनीहरूले भन्सार छलेर सुन भित्र्याएको भन्ने सूचना प्रहरीले पाएको थियो।

    उक्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई सिनामंगलमा फेला पारी सुन बरामद गरेको र उनीहरूबाट २६ लाख ५१ हजार ८९५ बराबरको २१४.३६ ग्रामको सुन र ५०.०१ ग्रामको तीन वटा सिक्री बरामद गरेको रेग्मीले बताए।

    थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार