Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाराको कलैयामा गोली चल्दा एकजना घाइते


    सोमबार, कार्तिक १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाराको कलैयामा गोली चलेको छ । उक्त क्षेत्रको कलैयामा गोली चल्दा एकजना घाइते भएका छन् ।

    मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको र घाइते हुनेमा रुपेश सर्राफ रहेको बताए । उनी बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्।

    २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको भट्टराईले पुष्टि गरे। घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ ।
    गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । अन्य थप विवरण आउन बाँकी रहेको भट्टराईले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार