Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • स्रोत नखुलेको १३ लाख सहित भारतीय नागरिक पक्राउ


    सोमबार, कार्तिक १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। महोत्तरी सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहारको सीतामढी बस्ने ४० वर्षीय अरुण पंजियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका- ७ वखरी चोकस्थित सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो।

    बसलाई रोकेर चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार