Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • संक्रमणकालीन न्याय निरुपणको माग गर्दै संसद भवनअगाडि प्रदर्शन, २७ जना पक्राउ


    आइतबार, कार्तिक १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित आज संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

    संसद भवन ३ नम्बर गेट अगाडि भएको उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर’ लगायतको नाराअंकित प्लेकार्ड बोकेका थिए ।

    सो क्रममा २७ जना प्रदर्शनकारी पक्राउ परेको समाजले जनाएको छ । पक्राउ पर्नेमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउतलगायत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार