Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • उद्धव थापा भन्छन्- ८ भाइ युद्ध जितेर माला लाएर घर आए, हामीले गाला जोडिसक्यौं


    बुधबार, कार्तिक १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको टिप्पणी गरेका छन् ।

    केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले कांग्रेसका ८ भाइ सांसदहरूले मुख्यमन्त्री बन्न झगडा गरेको बताए । मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै उनले युद्ध जितेर घर आएकाले गला मिलाएको टिप्पणी गरे ।

    थापाले भने, ‘युद्धमा गएका साथीहरू जितेर माला लाएर फर्किसक्नु भो त्यसैले हामीले गलामात्र नभएर गाला पनि मिलाइ सक्यौं ।’

    उनले गाला जोडाउने कला एमालेसँग सिकेको बताए । एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेकाले अब सबै मिलेर प्रदेशलाई प्रगतिको बाटोमा लैजानुपर्ने उनको भनाइ थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार