Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँमा पनि अदालत खुल्ने, सर्वोच्चमा यी न्यायाधीशहरू जिम्मेवारीमा तोकिए


    सोमबार, असोज २९ २०८०
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । बडादसैँ बिदामा पनि सर्वोच्च लगायतका अदालतहरू खुल्ने भएका छन् । सर्वोच्च अदालतले केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने जनाएको छ ।

    सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् ।

    सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत सार्वजनिक गरेको छ । सर्वोच्च अदालत प्रशासनले तोकेको जिम्मेवारी अनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् ।

    असोज ३० गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । सर्वोच्चले कात्तिक २ गतेको जिम्मेवारी न्यायाधीश मनोजकुमार शर्मालाई दिएको छ ।

    कात्तिक ३ गते बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न नहकुल सुवेदीलाई जिम्मेवारी दिइएको छ भने कात्तिक ४ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ ।

    कात्तिक ८ गते हरिप्रसाद फुयाँललाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ९ गते कुमार रेग्मीले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । कात्तिक १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले सुनुवाइ गर्नेछन् भने कात्तिक ११ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक १२ गतेबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार