Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस प्रवक्ताले भने, ‘बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू !’


    बुधबार, असोज २१ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग वार्ताको तयारीसम्म नगरेको सरकारलाई नेपाली कांग्रेसले गम्भीर प्रश्न सोधेको छ । पछिल्लो २४ दिनदेखि डा. केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेपनि बेवास्ता गरेसँगै कांग्रेसले यस्तो प्रश्न गरेको हो । 

    बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा गम्भीर प्रश्न सोध्दै भनिएको छ, ‘डा.के.सी.सँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?’ 

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यी प्रश्न सोधेका हुन् । प्रम ओलीको दोहोरो चरित्रको स्मरण गर्दै विज्ञप्तीमा भनिएको छ, ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नुहुन्थ्यो, त्यो स्वभाविक थियो। अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीर गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’

    उनले यसअघि डा. केसीको अनशनका बेला कांग्रेसले सरकार चलाउँदा अनेक माग पूरा गरेको उदाहरण प्रस्तुत गर्दै उनले अहिलेका सरकारले ती निर्णय समेत उल्ट्याएको आरोप लगाएका छन् । 

    उनले डा. केसीको अवस्था खराब भएको भन्दै प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेका छन्, ‘डा. केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस्! लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार