Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसियन्स गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट


    बुधबार, असोज २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन्स गेम्समा पदक जितेका नेपाली खेलाडीहरुसँग भेट गरेका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

    भेटमा करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरु उपस्थित थिए ।

    भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत पनि उपस्थित थिए ।

    प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई बधाइ दिँदै आगामी बजेटमा खेल क्षेत्रलाई विशेष बजेट व्यवस्था गर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार