Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेता गगन थापाको प्रस्ताव: पशुपति क्षेत्र विकास कोषको गुरुयोजना खारेज गरौं


    बुधबार, असोज २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न माग गरेका छन् ।

    बुधबार सामाजिक सञ्जालमा सांसद थापाले पुरानो गुरुयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै योजना बनाउनुपर्ने विचार राखे।

    ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै । यो गुरुयोजना नै होइन’, उनले भनेका छन्, ‘अतः यसलाई खारेज गरौँ ।पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो ।’

    पछिल्लो समय पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको स्थानीयले विरोध गरिरहेका छन् । स्थानीय विरोधी रहेको भन्दै गुरुयोजना विरुद्ध नियमित जस्तो आन्दोलन हुने गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार