Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • लिङदेनलाई भेटेर प्रचण्डले भने- कोशीमा सरकार गठनको लागि सहयोग गर्नुस्


    मंगलबार, असोज २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसँग अध्यक्ष लिङदेनले भेटवार्ता गरेका हुन् ।

    उक्त भेटमा समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायको विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    उनले भने, ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन ।’

    उनले प्रधानमन्त्रीसँग फेरि भेट्ने सहमति भएको समेत बताए । उनले भने, ‘कोशीमा सरकार गठनको लागि हामी नै निर्णायक हौं । त्यसैले अहिले त्यसबारेमा संवाद सुरु भएको छ । कुनै सहमतिमा पुगेका छैनौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार