Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको तरकारी तथा फलफूलको मूल्य


    मंगलबार, असोज २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

    समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ४५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३०, घिउ सिमी लोकल ८०, काउली स्थानीय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ५०, हरियो फर्सी ५०, घिरौँला ९० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर १००, मूला सेतो ३०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, निगुरो ७०, रातो बन्दा २५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरिलो प्रतिकेजी ५०० रुपैयाँ, केरा दर्जनको १४०, अनार ३५०, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २५०, सरिफा २००, फुजी स्याउ ३००, अम्बा ६०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

    यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, परबर ४०, गुन्द्रुक २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, पुदीना ५००, अमला ५०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला ९०, रुख टमाटर १४०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ९० रूपैयामा कारोबार भइरहेको समितिले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार