काठमाण्डौ। नेपालले रोमानियापछि युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ ।
अक्टोबर १० अर्थात् भोलि नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिए ।
युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रबार मात्र श्रम समझदारी गरेको हो ।
पछिल्लो समय युरोपेली देशमा नेपालीहरूको आकर्षण बढ्दै गएको छ । संस्थागत रूपमा श्रमिकहरू पठाउन नसक्दा व्यक्तिगत माध्यममार्फत लाखौँ रुपैयाँ तिरेर श्रमिकहरू युरोप रोजगारीमा गइरहेका छन् ।
श्रमिकको रोजाइ र सुरक्षाको हिसाबले पनि खाडीका देशभन्दा युरोपेली देश राम्रो भएकाले सरकारले पछिल्लो समय युरोपका देशहरूसँग श्रम समझदारी गर्दै लैजाने योजना बनाएको सहसचिव पोखरेल बताए ।
उनका अनुसार दुई देशबीच हुने यो श्रम समझदारीले नेपालीका लागि सुरक्षित रोजगारीको ढोका खुल्ने र यसले नेपाली श्रमिकको सामाजिक सुरक्षा लगायत थुप्रै कुराको प्रत्याभूत गर्ने छ ।
यसअघि खाडीका देशहरूसँग भएको श्रम समझदारीभन्दा युरोपेली देश रोमानिया र जर्मनीसँग हुने श्रम समझदारीको प्रकृति केही फरक छ ।
सहसचिव पोखरेल भन्नुहुन्छ ‘युरोपका देशमा सामाजिक सुरक्षा, तलब लगायत थुप्रै कुराको व्यवस्था खाडीका देशको तुलनामा राम्रो भएकाले पनि यी देशसँग हुने श्रम समझदारी अलिक फरक प्रकृतिको हुन्छ ।’
नेपालले जर्मनीसँग भने प्रशिक्षार्थी श्रमिक पठाउने गरी श्रम समझदारी गर्न लागेको हो ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend