रुपन्देही । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र कायम भएको छ। प्रदेशसभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।
प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो।
प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको देउखुरी दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गरे।
यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देउखुरीलाई राजधानी बनाउने प्रस्तावमा मतदान गर्नका लागि ह्वीप जारेको थियो । यस्तै प्रतिपक्षी नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्नका लागि ह्वीप गरेको थियो ।
तर कांग्रेसका सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन्।
यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित छन्। यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend