Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डीजी गौतमको निर्देशनमा ४ सय फाइल दराजमै, अनुदान रोकिंदा निर्यातमूलक उद्योग धरासायी


    आइतबार, असोज २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले निर्यात अनुदान सम्बन्धी पेश भएका फाइलहरु रोकेर मोलमोलाई गरिरहेका छन् । गत आर्थिक बर्षमै निर्यात गरेबापत अनुदान पाउने उद्योगहरुले अहिलेसम्म अनुदानको रकम पाउन सकेका छैनन् ।

    गौतम महानिर्देशक भएर आएपछि त अनुदानका लागि पेश भएका फाइलहरु सुविधा शाखाको दराजमा थन्क्याएर राखिएको छ । स्रोतका अनुसार अहिलेसम्म ४ सय जति फाइलहरु महानिर्देशक गौतमको निर्देशकमा सुविधा शाखाको दराजमा थन्क्याइएको छ ।

    प्रशासन तथा सुविधा शाखाकी निर्देशक रमिला भण्डारीकोमा दिनहुँ उक्त फाइलहरु टुंग्याइदिनका लागि उद्योगीहरु हारगुहार गर्न धाउने गरेका छन् । तर डीजीको आदेशमा ती फाइलहरु अगाडि बढाउन नसकिएको निरीह जवाफ उनले दिएर फर्काउने गरेकी छन् ।

    कानुनले तोकेको सुविधाका लागि उद्योगीहरुले अंग पुर्याएर पेश गरेका फाइलहरुमा निर्णय नहुँदा निर्यातमूलक उद्योगहरु धरासायी हुँदै गएका छन् । उद्योगीहरु पलायन हुने अवस्था देखिएको छ । एकातिर आर्थिक मन्दीले जर्जर भएका उद्योगहरु कानुनले पाउने सुविधा समेत महानिर्देशक गौतमले रोकिदिंदा निराश बन्न पुगेका छन् । गौतमले आफ्नो निर्देशनबिना उक्त फाइलहरु प्रक्रिया नबढाउन कडा निर्देशन जारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार