Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश ५ को प्रदेशसभा बैठक सुरु, नाम र राजधानीको टुंगो लगाउने कार्यसूची


    मंगलबार, असोज २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ । बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाउनेछ ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । मन्त्री केसीले सोमबार उक्त प्रस्ताव छलफलका लागि निर्णयार्थ प्रदेशसभा पेश गरेका थिए ।

    प्रदेशसभामा पेश भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले र विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलले आ-आफ्ना सांसदहरुका लागि ह्‌वीप जारी गरेको छ ।

    प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् । जसमध्ये केहीले पार्टीले लगाएको ह्‌वीप नमान्‍ने घोषणा नै गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार