Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै


    मंगलबार, असोज २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ। सरकारका निर्णयहरुको समीक्षा तथा विभिन्न समसामयिक विषयमा छलफल गर्न आज दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो। 

    यसअघि आइतबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारसहित ठूलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै  बैठक रोकिएको थियो। 

    आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने भएको छ। यसअघि असोज ४ गते पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो। त्यसयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हेरफेरका विषयमा पटकपटक छलफल भैरहेको छ। 

    दुई अध्यक्षबीच नयाँ बन्ने मन्त्री र फेरिने मन्त्रीमा सहमति हुन सकेको छैन । केही मन्त्रीका विषयमा कुरा नमिलेकाले यसलाई सचिवालयमा लैजना दुबै अध्यक्ष तयार भएको स्रोतको दावी छ । 

    आजको बैठकबाट रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तीको निर्णय हुनसक्ने बताइएको छ। ती मन्त्रालयमा मन्त्री बन्नेमा नेता विष्णु पौडेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डेलगायतको चर्चा छ।   अरु केही मन्त्रीको विदाई गर्ने र नयाँ मन्त्री ल्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ।  यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यान्वयनको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार