Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नर अधिकारीको दस्तखतसहितको २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा आउँदै


    शुक्रबार, असोज १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आजदेखि नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखतसहितको नयाँ २० रुपैयाँको नोट चल्तीमा आउने भएको छ ।

    बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरि २० करोड बराबरको २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो । उक्त नोटको अग्रभागमा बाँयातर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यसैगरी नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “२०७९” लेखिएको छ ।

    यसैगरी उक्त नोटको पृष्ठ भागको मध्यमा दुई बार्हसिङ्गेको चित्र रहेको छ भने मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “नेपाल राष्ट्र बैंक” लेखिएको छ । नोटको तल्लो भागमा अंग्रेजीमा “rupees twenty” लेखिएको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा “२०२३” लेखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार