काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहगत चरणका खेलमा बुधवार राती साबिक विजेता म्यानचेस्टर सिटी र पूर्व विजेता बार्सिलोनाले जित हात पारेका छन्।
पेरिस सेन्ट जर्मन-पीएसजी भने न्युकासलको मैदानमा ४-१ गोलले पराजित भयो। आरबी लेइपजिगको मैदानमा उत्रिएको म्यान सिटी ३-१ गोलले विजयी भयो। उसका लागि फिल फोडेन, जेरेमी डोकु र जेभियर अल्भारेजले गोल गरे।
दोस्रो हाफको सुरुवातमै १-१ गोलको बराबरीमा फर्किएको लेइपजिगले त्यसलाई कायम राख्न सकेन। २ खेलबाट ६ अंक भएको म्यान सिटी समूहको शीर्षस्थानमा छ।
बार्साले एफसी पोर्टोमाथि १-० को कठिन जित हात पारेको हो। बार्साका फेरान टोरेसले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।
लगातार दोस्रो जितसहित बार्सा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। अर्को खेलम न्युकासलले फ्रान्सको लिग च्याम्पियनमाथि सुरुवातबाटै दबाब बनाएको थियो।
पहिलो हाफमा २-० गोलले अगाडि रहेको न्युकासलले दोस्रो हाफ सुरु भए लगत्तै अर्को गोल थपेको थियो।
३-० गोलले पछाडि परेको अवस्थामा पीएसजीले १ गोल फर्काएको थियो। समूहमा २ खेलपछि न्युकासलको ४ र पीएसजीको ३ अंक छ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend