काठमाडौं । सरकारले २२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको ज्यान लिन खाेजेको भन्दै साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साझाले विज्ञप्तिमार्फत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको अवस्थामा पनि सरकारले कुनै तत्परता नदेखाएको भन्दै तत्काल माग सम्बोधन गरेर जीवनरक्षा गरिदिन आग्रह गरेको छ ।
सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीले १९ औँ अनशनमा राखेका कुन चाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्याे । होइन भने विश्वमै बिरलै भेटिने डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्याे ।’
२०६९ सालमा पहिलो अनशन सुरु गरेयता डाक्टर केसीका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले र देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्ने रहेको भन्दै साझाले तिनै दलले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि उस्तै माग राखेर फेरि अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्रै डाक्टर केसी ६ पटक अनशन बसिसकेका छन् । यो पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा पनि वार्ता टोलीसम्म गठन नगरेको साझाले जनाएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend