Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • न्यायाधीश नै संक्रमितः वामदेव गौतमबिरुद्ध परेको रिटको सुनुवाइ दशैंअघि नहुने 


    सोमबार, असोज १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाइ पुनः सर्ने भएको छ । कोरोना संक्रमित न्यायाधीशको सम्पर्कमा रहेका सबै न्यायाधीशहरु क्वारेन्टिनमा बस्नुपर्ने भएपछि रिटमाथिको दशैंसम्म हुने संभावना टरेको छ । गौतमलाई सांसद बनाउने निर्णयबिरुद्ध परेको रिटमा शुक्रबार बहस नसकिएपछि बुधबारका लागि सारिएको थियो । गौतमको रिटको सुनुवाइ  पाँच सदस्यीय बृहत् इजलासले हेरिरहेको छ ।  

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडाको इजलासले हेर्दाहेर्दैमा राखेको रिटमा शुक्रबार बहस नसकिएपछि असोज २१ का लागि सुनुवाइको मिति राखेको थियो । अब संयुक्त इजलासका सबै न्यायाधीशहरु क्वारेन्टिनमा बस्नुपरेकाले गौतमको सुनुवाइ बुधबार हुने संभावना छैन । न्यायाधीशहरु क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गरेपछि मात्र अदालतमा आउने भएकाले पनि बुधबारका लागि उनको रिटको सुनुवाइ हुने संभावना कम छ ।

    कोरोना परीक्षण गर्ने र रिपोर्ट आउने क्रममा संयुक्त इजलासमा बस्ने न्यायाधीहरु असोजभर आउने अवस्था देखिंदैन । सर्वोच्च अदालत सम्बन्द्ध एक अधिकारीका अनुसार कात्तिक १ गते घटस्थापनादेखि अदालतमा दशैंबिदा हुन्छ । त्यसैले गौतमको रिटमा दशैंपछि मात्र सुुनुवाइ हुनेछ ।

    सर्वोच्च अदालतमा सोमबार मनोजकुमार शर्मा र वमकुमार श्रेष्ठको मात्र इजलास तोकिएको छ । श्रेष्ठ र शर्माको एउटा संयुक्त इजलास तोकिएको छ । श्रेष्ठको मात्रै एउटा एकल इजलास तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार