काठमाडौं । २०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो। तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।
केरुङ नाकाबाट सुन भित्रिन थालेपछि कडाइ गरियो। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थाल्यो।विमानस्थलमा पनि कडाइ हुन थालेपछि तस्करहरूले तातोपानी नाका उपयोग गर्न थाले।त्यो नाका बन्द भएपछि फेरि केरुङ नाकाबाटै सुन तस्करी भइरहेको छ।
गत पुस १० गते इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत सुन ल्याउने चिनियाँ नागरिक दाओजिन वाङ र सहयोगी भागेर चीन पुगे। त्यसपछि उनीहरूले नयाँनयाँ रुटमार्फत सुन तस्करीलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ। अहिले पनि दाओजिनहरू चीनमै रहेको र विभिन्न माध्यमबाट नेपालतर्फ सुन तस्करी गरिरहेको प्रहरी स्रोतको दाबी छ।
विमानस्थलबाट बाहिरिएको सुनको अनुसन्धान नसकिँदै केरुङ नाकाबाट भएको २ किलो सुन तस्करीमा पनि उनीहरूकै हात रहेको निष्कर्षमा प्रहरी पुगेको छ। नियमित जाँच गर्ने क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याइएको दुई किलो सुन जिल्ला प्रहरी कार्यालय रसुवाले बरामद गरेको थियो। नियमित चेकिङमा शंका लागेर जाँच गर्दा टिमुरेबाट स्याफ्रुबेंसी गइरहेका २४ वर्षीया सुदीप शेर्पाका साथबाट सुन बरामद भएको थियो। उनले त्यो सुन टिमुरेकै फुर्साङ्बु शेर्पाले दिएको र आफूले काठमाडौं ल्याउन लागेको बताएका थिए।
सरकारको ध्यान विमानस्थलतिर गएका बेला तस्करहरूले केरुङ नाकालाई सुन तस्करीका लागि प्रयोग गरिरहेको अनुमान यी घटनाक्रमबाट गर्न सकिन्छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सबै नाकालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकै बेला केरुङबाट सुन बरामद भएको हो। यो समाचार नागरिक दैनिकमा छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend