काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएका कारण सोमबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको पुष्टि गरेका छन् । उनले केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्ने पनि जानकारी दिए ।
यसअघि केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भने स्थगित भएको छ । सह-महामन्त्री प्रकाशशरण महतले आइतबार बिहान ९ बजे बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक स्थगित गरिएको जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend