Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेकपाका १४ सांसदको ‘नोट अफ डिसेन्ट’


    शनिबार, असोज १७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । प्रदेश ५ को स्थायी राजधानी र नामका सन्दर्भमा सत्तारुढ दल नेकपाका केही सांसदले  (नोट अफ डिसेन्ट) फरक मत राखेका छन् । शुक्रबार प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावबारे निर्णय लिन बसेको नेकपा संसदीय दलको बैठकमा शनिबार केही सांसदले नोट अफ डिसेन्ट लेखेका हुन् ।

    नोट अफ डिसेन्ट लेख्नेमा रुपन्देही ,कपिलवस्तु, नवलपरासी र गुल्मीमा सांसदहरु रहेका छन् । यता शनिबार बिहान ८ बजेदेखि करिब दिउँसो २ बजेसम्म मुख्यमन्त्री निवास बुटवलमा दिवाभोजसहित बसेको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

    तर त्यो  बीच  बैठकमा आफूहरुले बुटवलबाट राजधानी सार्न हुदैन् भने बोल्ने क्रममा पनि भनेको र पनि  नोट अफ डिसेन्ट लेखेको  नेकपा रुपन्देहीका सांसद दघिराम न्यौपानेले रातोपाटीलाई बताए । उनले हामी ४ जना ससादहरु बोल्ने क्रममा नै  बुटवलमा धेरै संरचना बनेको बेला अहिले त्यो जगलमा लैजान नहुने तर्क राखेका थियो । पछि नोट अफ डिसेन्ट पनि लेखेका छन्। 

    बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका थिए । बैठकमा कपिलवस्तुका सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका  कपिलबस्तुमा संसाद विष्णु पन्थीले रोतोपाटीलाई बताए ।

    रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए । रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउँदै आफ्ना भनाइ राखेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार