Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अझै अस्तव्यस्त कालीमाटी तरकारी बजार


    बुधबार, चैत्र १९ २०७६
    580
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १९ चैत । सरकारले लकडाउन घोषना गरेको दिन बढदै गएसँगै कालीमाटी तरकारी बजारमा भीड देखिन थालेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामको लागि सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरिएको छ ।

    तर कालिमाटी तरकारी बजारमा न त लकडाउन नै लागेको छ । न त २५ जनाको मापदण्ड नै । अझै पनि त्यहाँ अस्तव्यस्त भीड हुन्छ । यहाँ  देखिएको भिडले अत्तालिनुपर्ने स्थिति सृजना गरेको काँग्रेस नेता नवीन्द्रराज जोशीले बताएका छन् । 

    उनले कालीमाटीमा लगभग १ पटकमा १०० देखि २००को संख्यामा  तछाडमछाड गर्दै गएको देखिएको भन्दै यसबाट स्थानीयहरु त्रसित बनेको बताएका छन् । 

    जोशीले कालोमाटीको भीड कम गर्नको लागि तरकारी बजारलाई दुईभागमा बिभाजित गरेर एकपटकमा २५ जना पठाउने, दूरी कायमगर्ने । तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनिवार्यरुपमा लगाउने र स्यानिटाइज गर्ने । तरकारी किन्न जानेहरुले पनि पञ्जा माक्स र  स्यानिटाइज गर्ने लगायतका सल्लाह दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार