बुटवल । प्रदेश ५ को प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने सत्तारूढ दलले निर्णय गरेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हाे।
प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले रातोपाटीलाई बताए । उनले आज सवै जिल्लाका सांसदहरुले आफ्नो धारण राखेको र अन्नतः सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताए । उनले पार्टीले प्रस्तावको पक्षमा मतदान गर्न ह्वप पनि लगाएको बताए ।
प्रदेशको स्थायी राजधानी दाङ कि बुटवल भन्ने विषय पेचिलो भइरहेको अवस्थामा प्रदेशसभामा अचानक प्रस्ताव भएपछि नेकपाकै सांसदले त्यसको विरोध गरेका छन् । आजको बैठकमा रुपन्देहीका केही सासदहरुले बुटवल नै ठिक भएकाले दाङमा तोक्नु गतल भएको बताए पनि अन्नतः पार्टी निर्णय मान्नुपर्ने अवस्था आएको एक सासदले बताए ।
सांसदले आफ्ना धारणा राखेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावका बारेमा थप प्रष्ट पार्ने सहमतिअनुसार प्रस्ताव पास गर्न निर्देशन दिएको सचेतक ढकालले बताए । प्रस्ताव पास गर्न दुई तिहाई बहुुमत आवश्यक हुन्छ । त्यसका लागि ८७ सांसदमध्ये ६१ सांसद नेकपा छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend