काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी राजदूत नियुक्त गरेको विषयमा असन्तुष्टि जनाउन प्रचण्ड बालुवाटार पुगेको स्रोतले बताएको छ ।
सरकारले हिजो मन्त्रिपरिषद् बैठक मार्फत् मुख्यसचिव तथा राजदूतहरु नियुक्ति गरेको थियो । यो विषयमा पार्टीसँग कुनै सल्लाह नगरेको भन्दै नेकपाका अधिकांश सचिवालय सदस्य असन्तुष्ट रहेको बताइएको छ । यसअघि नेकपा स्थायी समिति बैठकमा सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्ने प्रस्ताव पारित गरेको थियो । प्रम ओलीले कदम सो प्रस्ताव विपरित रहेको भन्दै नेकपामा असन्तुष्टि बढेको छ ।
बिहीबार सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको थियो भने पूर्व अर्थमन्त्री युवराज खतिवडा र पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई क्रमश: अमेरिका र बेलायतको राजदूत नियुक्त गरेको छ ।
आजको दुई अध्यक्षबीचको छलफलमा यो विषयमा नै चर्चा हुने खुमरटार स्रोतले बताएको छ । यस्तै ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा पनि छलफल हुने बताइएको छ ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा समेत अझैसम्म कुरा मिल्न सकेको छैन । प्रम ओली हरेक विषयमा एकलौटी बढेको र आफ्नो कुनैपनि प्रस्ताव नमानेको भन्दै प्रचण्डको असन्तुष्टि बढेको बताइएको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend