Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सुन तस्करी प्रकरणमा पक्राउ परेका याओ पुचेङ्गको बयान– ‘भन्सारका कर्मचारीको चिन्ता लिनु पर्दैन’ भनेर विदेशबाट पठाइन्थ्यो


    शुक्रबार, भाद्र २९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ‘एलेक्स’ भनिने चिनियाँ नागरिक याओ पुचेङ्गले आफूहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुको चिन्ता लिनु पर्दैन भन्दै विदेशबाट कार्गोमार्फत सुन पठाइने गरेको बयान दिएका छन् ।

    अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा पुचेङ्गले चीनमा रहेका मेनेजर श्याम भन्ने चोङ चिङ छह्वाङ र लिनले आफूलाई त्रिवि भन्सार कार्यालयमा मिलाएको र त्यहाँ कुनै समस्या नहुने बताउने गरेको पनि उल्लेख गरेका छन् ।

    उक्त बयानमा उनले भनेका छन्, ‘त्यसैले हामीले कर्मचारीहरुको सम्बन्धमा मतलब गर्दैनथ्यौँ । के कुन कर्मचारीलाई मिलाएका छन्, मलाई कहिल्यै भनेनन् । सधैँ भन्सारका कर्मचारीहरुको तिमीहरुले कुनै चिन्ता लिनु पर्दैन भनी छह्वाङले भन्ने गरेका थिए ।’

    उनका अनुसार सुन पैठारी तथा सुन व्यापारका मुख्य योजनाकार तथा लगानीकर्तामध्येका एक वाङ ताओ चिन हुन् भनेर चोङ चिङ छह्वाङले नेपालमा हुँदा कुराकानीका क्रममा भनेको उनले सुनेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार