Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी प्रकरणको छानबिन आयोग गठनमा जुटेन सहमति


    शुक्रबार, असोज ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रलायमा बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति जुट्न नसकेको हो ।

    नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले उच्चस्तरीय आयोग बनाउने विषयमा सहमति नजुटेको बताए । उनले आन्तरिक छलफलपछि आजै पुनः बैठक बसेर टुंग्याउने बताए ।

    गत भदौ ६ गते सीआईबीको अनुसन्धानपछि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति जुटेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार