Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ


    शुक्रबार, भाद्र २२ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले बाराका शिव कुमार सफरलाई नियन्त्रणमा लिएको हो ।

    उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

    गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार