Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छ: सन्तोष परियार


    बिहिबार, भाद्र २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताएका छन् ।

    आज प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा.श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताएका हुन् ।

    उनले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताए । छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने उनको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार