काठमाडाैं। संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । पशुपति आर्यघाटमा बिहीबार दिउँसो १ बजेको समयमा दुई छोरा मिङ्सो र सुहाङले दागबत्ती दिएर अन्तेष्टि गरिएको हो ।
नेम्वाङलाई पशुपति आर्यघाटमा प्रधानमन्त्रीलगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन् । आज मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान व्यक्त गरेका थिए ।
नेपाली सेनाको टुकडीले आर्यघाटमा सलामी दिएको छ । अन्तेष्टिको बेला सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर सम्मान व्यक्त गरेको थियो । सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।
पशुपति आर्यघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष रहेका नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, राजनीतिक दलका नेता र सांसदहरूले पनि नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
पूर्वसभामुख नेम्वाङको ७१ वर्षको उमेरमा सोमबार राति २ बजे निधन भएको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend