Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर च्यासलबाट बालुवाटार लगियो


    बुधबार, भाद्र २७ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको छ ।

    आज दिउँसोसम्म पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर त्यसपछि नेम्वाङको निजी निवास बालुवाटारतर्फ लगिएको हो । निवासमा एक दिन राखेर मुन्धुम परम्पराअनुसारको संस्कार गरेपछि बिहीबार अन्त्येष्टी गरिनेछ ।

    नेम्वाङको हृदयाघातबाट ७१ वर्षको उमेर निधन भएको थियो । उनको निधनप्रति शोकमा सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार