Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लुम्बिनीमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस


    मंगलबार, भाद्र २६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    बैठकले प्रदेशसभाको संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगको कार्यालय राजधानी क्षेत्रमा स्थापना गर्न भवनको व्यवस्थापन गर्ने निर्णय गरेको बताइएको छ ।

    बैठकले बर्दिया जिल्लामा बाढीबाट बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने, बाघ आक्रमणमा परेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
    बाँकेमा भएको बस दुर्घटनामा परेर घाइते भएकाहरुको उपचारको लागि सहयोग उपलब्ध गराउनेसमेत सरकारले निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार