काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
मुख्यसचिव पदमा रहेका लोकदर्शन रेग्मीले आजै मुख्यसचिव पदबाट राजीनामा दिएका हुन् । सरकारले आजैको बैठकबाट उनलाई बेलायतको राजदूत नियुक्त गरेको छ ।
रेग्मीको कार्यकाल आगामी कार्तिक ६ गते सम्म भएपनि सरकारले उनलाई राजदूत बनाएर सो पदमा बैरागीलाई ल्याएको हो ।
निजामति सेवा ऐन २०४९ अनुसार मुख्य सचिवका रुपमा तीन वर्ष र सचिवका रुपमा पाँच वर्ष काम गर्न पाउने व्यवस्था छ। उमेर हद भने सबैका लागि ५८ वर्ष नै रहने व्यवस्था छ।
शंकरदास बैरागी हाल परराष्ट्र सचिवको रुपमा कार्यरत थिए । उनले यही असोज २१ गते नियमित अवकास पाउँदै थिए। उनलाई मुख्यसचिव बनाउनका लागि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव रेग्मीलाई आजै राजीनामा गर्न लगाई बेलायतको राजदूत पदमा नियुक्त गरेका छन् ।
वैरागी मुख्यसचिव भएपछि परराष्ट्र मन्त्रालयको सचिवमा सहसचिव भरतराज पौडेलकाे नियुक्ति हुने सम्भावना रहेको बताइएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend