Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यसचिव रेग्मीले दिए राजीनामा, बेलायतको राजदूत बन्ने चर्चा


    बिहिबार, असोज १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि नै राजीनामा दिएका छन् । रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको स्रोतले बताएको छ । 

    उनलाई राजीनामा गर्न लगाइएको र बेलायतको राजदूत बनाउने चर्चा चलेको छ । यस्तै नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बनाउने लगभग पक्का जस्तो रहेको स्रोतले दावी गरेको छ । सचिवहरु मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी पनि मुख्यसचिवका दाबेदार हुन् ।

    मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।  रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दाबेदार हुने थिए ।

    रेग्मीको राजीनामा आएसँगै आजै मन्त्रिपरिषद्को बैठक समेत बसेको छ । आजैको बैठकले नयाँ मुख्यसचिवबारे  निर्णय गर्ने तयारी रहेको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक भए पनि आजको बैठकमा मुख्यसचिव नियुक्ति हुने एक मन्त्रीले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार