बैतडी : बैतडीमा चितुवाको आक्रमणबाट एक १७ वर्षीय किशोरी गम्भीर घाइते भएकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ बगरेठीकी जयराम लुहारकी छोरी पुजा लुहार गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
उनको अवस्था गम्भीर रहेको र उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको उनले बताए। चितुवाले उनको घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ।
तालिगाडरोल भन्ने स्थानमा घाँस काट्न गएका बेला बिहीबार अन्दाजी मध्याह्न १२ बजेतिरको समयमा उनलाई चितुवाले आक्रमण गरेको हो। घाँस काटिरहेको स्थानबाट घाँस काट्न गएकी लुहारलाई चितुवा करिव पाँच सय मिटर तल घिसारेर लगेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीनबहादुर चन्दले जानकारी दिए।
काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनले भ्रमणका...
काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट...
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend