Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • विद्यार्थीद्वारा त्रिचन्द्र क्याम्पसमा तालाबन्दी


    बिहिबार, भाद्र २१ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। स्नातकोत्तरमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन् । उनीहरुले शिक्षण शुल्क लगायत प्रशासनको बेथितिको विरोध गर्दै तालाबन्दी गरेका हुन्।

    पठनपाठनका लागि कक्षाकोठा र शैक्षिक सामग्री समेत उपलब्ध हुन नसकेको विद्यार्थीको गुनासो छ । चर्को शुल्क फिर्ता, नियमित कक्षा सञ्चालन, ट्रेनिङ र परामर्शको व्यवस्थालगायत माग राखेर तालाबन्दी गरिएको एक छात्राले जानकारी दिइन् ।

    एमए चौथो तहका लागि ३८ हजार शुल्क तोकिएकोमा पनि विद्यार्थीले असन्तुष्टि जनाएका छन् । उक्त शुल्क पद्मकन्या क्याम्पस र त्रिभुवन विश्वविद्यालको केन्द्रीय विभागमा सञ्चालन गरिएको कार्यक्रमभन्दा दोब्बर बढी रहेको विद्यार्थीहरुको भनाइ छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार