Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ग्राण्डी अस्पतालले भन्यो- वडाध्यक्ष रिजालको निधन डेंगुले होइन भाइरल निमोनियाबाट


    बिहिबार, भाद्र २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले उल्लेख गरेका छन् ।

    काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका छन् । भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ ।

    सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।

    यसो भन्छ अस्पताल : ‘डेंगुले मृत्यु भएको होइन’

    अस्पतालका एक चिकित्सकका अनुसार रिजाल अस्पताल पुग्दाखेरी नै फोक्सोमा गम्भीर असर देखिएको थियो । ‘उहाँ आउँदाखेरि नै फोक्सो कोल्याप्स थियो । डेंगीले त छातीमा असर नै गर्दैन । त्यसले गर्दा डेंगीले मृत्यु भएको हन्ड्रेड पर्सेन्ट होइन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार