काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि अपराधी र तस्करहरू आफूहरूलाई हटाउन लागि परेको गुनासो गरेका छन् ।
सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धनमा असन्तुष्टि बढेर गृहमन्त्री फेर्ने प्रयास भइरहेको चर्चा आइरहेको बेलामा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘भ्रष्टाचार संलग्न हुनेहरूले एउटाबाट अर्को रूपमा सरकारको अभियानमा असफल पार्ने र यो अभियान सञ्चालन गर्नेहरूलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पारेर मूल पात्रहरुलाई हटाउन खोज्दैछन् ।’
६० किलो सुन समातेपछि त्यसलाई आधार बनाएर तस्करीको जरैसम्म पुग्ने त्यसको सारा नेटवर्कको पहिचान गरेर कानूनी कारबाही गर्ने प्रक्रियामा अहिले प्रहरी र सिआइबी अनुसन्धानरत रहेको बताए ।
उनले भने, ‘हामीलाई विश्वास छ केही दिनभित्रै त्यो अनुसन्धान निष्कर्षमा पुग्नेछ । सबै तस्कर र अपराधीहरूलाई कानूनको कठघरमा उभ्याइनेछ ।’
उनले यो सरकार र गृहमन्त्री टिक्ने दाबी गर्दै भ्रष्टाचारी र तस्करीसँग कुनै सम्झौता नगरी आफ्नो अभियानलाई अगाडि बढाउने सुनाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणलाई पनि चाँडै निष्कर्षमा पुर्याउने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend