Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्ता छन् नास्पाती खानुका फाइदाहरु


    बुधबार, भाद्र २० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नास्पाती एउटा मौसमी फल हो । नास्पाती खानमा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसमा भिटामिन सी, भिटामिन के, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम, म्यागनिज र फोलेटजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । यस्तै मनसुनमा नास्पाती खाँदा विभिन्न खालका मौसमी रोगबाट बच्न सकिन्छ ।

    हामीले फलफुलको दैनिक प्रयोग त गरिरहेको हुन्छौं । त्यसबाट धेरै पौष्टिक तत्वहरु पनि प्राप्त गरिरहेका हुन्छौं । त्यस्तै वर्षाको मौसममा स्वस्थ रहनका लागि पनि हामीले फलफूल खानुपर्छ । फलफुलमा पाइने पौष्टिक तत्वहरुले हाम्रो शरीरलाई स्वस्थ राख्न मात्र नभई रोगबाट लड्न सक्ने क्षमतासमेत प्रदान गर्दछ ।
    एउटा नास्पाती दैनिक प्रयोग गर्नाले हाम्रो शरीरलाई आवश्यक तत्वहरु पुरा गर्न मद्दत गर्दछ । नास्पातीमा पाइने थुप्रै गुणहरुले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ ।

    यी हुन नास्पातीको प्रयोगले हुने फाइदाहरु

    १. नास्पातीमा प्रशस्त मात्रामा क्यालोरी पाइने हुनाले तौल कम गर्न फाइदा गर्दछ ।
    २. नास्पाातीको प्रयोगले पाचन प्रकृयामा मद्दत गर्दछ
    ३. नास्पातीमा पाइने भिटामिन सी ले इम्युन-सिस्टम बलियो बनाउन मद्दत गर्दछ ।
    ४. नास्पातीको प्रयोगले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
    ५. नास्पातीमा फाइबर पाइनेभएकोले कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
    ६. नास्पातीमा पाइने प्रोबायोटिकले दहिको रुपमा काम गर्दछ ।
    ७. नास्पातीमा पाइने भिटामिन-सी ले रगतको मात्रा बढाउन मद्दत गर्दछ ।
    ८. नास्पातीमा पाइने फाइबरले शरीरमा शक्ति प्रदान गर्दछ ।
    ९. नास्पातिको दैनिक प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
    १०.नास्पातीले हिमोग्लोबिन बढाउँछ ।
    ११. नास्पातीको प्रयोगले हड्डीलाई मजबुत बनाउँन मद्दत गर्दछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार