Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरण : संगठित अपराध हटाएर किर्ते मुद्दा मात्र दर्ता गर्ने सरकारी वकिलको तयारी


    आइतबार, भाद्र १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारस्थित चर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दा आज काठमाडौं जिल्ला अदालतमा दर्ता गराइने भएको छ । उक्त मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गराउने तयारी गरेको हो ।

    ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित किर्ते मुद्दामा अनुसन्धान गरेर गएको बिहीबार वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।

    सोही प्रतिवदेनका आधारमा अभियोजन गरेको सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा चल्न नसक्ने भन्दै किर्ते अभियोग मात्र दर्ता गराउन लागेको सो कार्यालय स्रोतको भनाइ छ ।

    सीआईबीले ललितानिवास प्रकरणमा २३८ जनालाई प्रतिवादी बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार